२६ चैत्र ०७४, सिन्धुपाल्चोक । मेलम्चीबाट रातमाटे जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
गएराति ९ बजे मेलम्ची नगरपालिका ९ पिपलटारमा बा १८ च ४६९९ नम्बरको जीप सडकबाट २५० मिटर तल भिरबाट खस्दा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका र उनीहरुको ठेगाना नखुलेको प्रहरीले जनाएको छ । कच्ची बाटो र पानी परेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।













