२४ असोज ०७४, बारा । नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले सिमरा बिमानस्थलमा सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै यात्रुको सामान जाँच गर्ने अत्याधुनिक एक्सरे मेसिन जडान गरेको छ ।
प्राधिकरण प्रधान कार्यालयले मंगलबार एक्सरे मेसिन जडान गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले मेसिनको औपचारिक उद्घाटन गर्दै बिमानस्थलमा एक्सरे मेसिन जडान कार्य हवाई सुरक्षामा महत्वपूर्ण उपलब्धि भएको बताए ।
त्यस्तै बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले सिमरा बिमानस्थलले पछिल्लो समय यात्रुहरुलाई थप सुबिधामा बिस्तार गरिरहेको बताए ।
एक्सरे मेसिन जडान कार्यसँगै सिमरा बिमानस्थलमा यात्रुका सामान सजिलै परीक्षण गर्न सकिने भएको छ ।













