५ असोज ०७४ सिराहा । जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित गौरीपुर निवासी अन्दाजी ५८–६० वर्षका श्रीदेव सिंह दनुवारको मृत्यु भएको छ ।
केही सञ्चार माध्यममा एमालेका उम्मेदवार श्रीदेव सिंह दनुवारले विष्णुपुर गाउँपालिका वडा नम्बर १ पराजित भएपछि आत्महत्या गरे भनेर समाचार प्रकाशित भएको थियो । तर, दनुवार केही दिन अघिदेखि नै विरामी रहेको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सिराहा सम्वाददाताले जानकारी दिएका छन् ।
दनुवारले आत्महत्या गरे वा सहज मृत्यु भएको खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिराहा लगेको थियो ।
पोष्टमार्टमपछि दनुवारको शव दाहसंस्कारका लागि परिवारले बुझेर लगिसकेको सिराहाबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले जानकारी दिए ।
मृतक दनुवार एमालेका कार्यकर्ता रहेको बुझिएको छ ।
टीभी टुडेमा लाइभ आएको समाचार :















