सिरियामा अमेरिकी आक्रमण सुरु

१ बैशाख ०७५,  एजेन्सी ।  अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाही सुरु गरेका छन् ।

शनिबार बिहानदेखि तीन शक्तिशाली राष्ट्रले हावाई आक्रमण सुरु गरेका हुन् ।

गत साता सिरिया सरकारले सिरियाको दुमामा क्षेत्रमा विद्रोहीमाथि आक्रमण गर्दा रसायनिक हतियारको प्रयोग गरेको र त्यसका विरुद्धमा आफूहरुको आक्रमण भएको अमेरिका र उसका सहयोगी राष्ट्रले बताएका छन् ।

शनिबार बिहानदेखि नै सिरियाको दुमा, राजधानी दमास्कस लगायतका क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण सुरु गरिएको छ ।आक्रमणसँगै सिरियाको राजधानी दमास्कस नजिकै भीषण बमबारीका आवाज सुनिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका खबर अनुसार सैनिक अखडालाई लक्षित गरी आक्रमण गरिएको छ । सिरियाली सेनाले ती मध्ये अधिकांश क्षेप्यास्त्रलाई मिसाइल प्रतिरोधि प्रणलीका माध्यमबाट निस्क्रिय बनाएको  रुसी रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट हालसम्म केही सिरियन नागरिक घाइते भएका छन् ।

सिरियाको आकाशमा लडाकू विमानहरु घुमिरहेका छन् । दुमा, दमास्कस लगायतका क्षेत्रमा सर्वसाधारण त्रसित अवस्थामा रहेका छन् ।

सिरियाका सहयोगी राष्ट्र मानिएका रुस र इरानले सिरियामाथि  गरिएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्रीले सिरियामाथि आक्रमण गरी अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाइएको भनेका छन् ।

सिरियाली विदेशमन्त्रीले  आक्रमणले सरियाली सेना र जनतालाई क्षति पु¥याउन नसक्ने भन्दै जनतालाई संयम रहन आग्रह गरेका छन । आक्रमण बर्बरतापूर्ण  र अन्तर्राष्ट्रिय कानुनको  गरिएको गरिएको आरोप लगाएका छन् ।

सिरियाले भने कुनै पनि रासायनिक हमला गरेको कुरालाई इन्कार गर्दै आएको छ । सिरियाको सहयोगी देश रूसले यदि सिरियाविरुद्ध पश्चिमी देशले कुनै सैन्य कारबाही गरेमा युद्ध सुरू हुने चेतावनी दिएको छ ।

तपाइको मत