सिरियामा रासायनिक ग्यास हमला, ७० जनाको मृत्यु

२५ चैत्र ०७४, ऐजेन्सी । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनिक ग्यास हमलामा ७० जनाको मृत्यु भएको छ ।

गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ भने सिरियाली सेनालाई रुसले सघाइरहेको छ ।

गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको पुष्टि हुन भने बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको बताएको छ । विदेश मन्त्रालयले रसायनिक हमलालाई आततायी भन्दै यसको जिम्मा रुसले लिनुपर्ने बताएको छ । यसअघि १५० जनाको मृत्यु भएको भन्ने अपुष्ट समाचार आए पनि त्यसको पुष्टि हुन बाँकी रहेको छ ।

तपाइको मत