१३ पुस ०७६, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसहित १५ जना पक्राउ परेका छन् ।
सीमा अतिक्रमणको विरोधमा ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन माइतीघर मण्डलाबाट जुलुस सहित सिंहदरबार जान खोज्दा उनीहरुलाई प्रहरीले हनुमानथानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा पक्राउ, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायत छन् । पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
उनीहरुको ज्ञापनपत्र एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत राष्ट्रियता सवालमा केन्द्रित थियो ।













