३० साउन ०७६, काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।
चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ ।
मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुप्रिएको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूका अनुसार अमेरिका–चीन व्यापार युद्ध साथै अमेरिकी केन्द्रीय बैंकको व्याजदर घटाउने निर्णयले सुनको बजार प्रभावित भएको हो ।













