सुन्दरीजल-सिन्धुको साढे ९ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न

१३ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको तीन खण्डमा बाँडिएको मध्ये सुन्दरीजल-सिन्धु सुरुङ खण्डको साढे ९ किलोमिटर सुरुङ खन्ने काम बुधबार सम्पन्न भएको छ ।

कुल २७ किलो मिटर सुरुङ मध्ये सुन्दरीजल-सिन्धुको साढे ९ किलोमिटर सुरुङ खन्ने काम बुधबार सम्पन्न भएको हो । सिन्धु-ग्यालथुङ र ग्यालथुङ-अम्बाथानको दुई खण्डको काम भने चलिरहेको छ । अब सुरुङ खल्ने काम करिव ५ किलोमिटर मात्र रहेको अधिकारीहरुले बताएका छन् ।

एडीबीका कन्ट्री डाइरेक्टर केनुची योकोहामाले सुरुङको अन्त्यमा प्रकाश देखिएको भन्दै चाँडै पानी बगाउने बताए । सुरुङ निर्माणको अन्तिम चरणका काम हुँदै गर्दा काठमाडौंमा पाइप विच्छ्याउने काम भइरहेको छ भने आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ ।

तपाइको मत