२३ माघ, काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले सुन काण्डमा एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेकाे छ ।
सुनकाण्डमा मुछिएपछि त्रिभुवन विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा गरिएका खत्रीलाई सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको हो ।
विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई त्यहाँबाट फिर्ता बोलाइएको थियो ।
प्रहरीले अनुसन्धानकाे क्रममा एयरपोर्ट भन्सारका केही कर्मचारी पनि पक्राउ गरेकाे छ ।













