१३ भदौ ०७४, काठमाडौं । जापान र अमेरिकाले संयुक्त राष्ट्रसंघलाई सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबे / तस्बिर : रोयटर्स
उत्तर कोरियाले मंगलबार बिहान पुनः बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले त्यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाउन आग्रह गरेका हुन् ।
सुरक्षा परिषद्को बैठक मंगलबार नै बस्ने बीबीसीले जनाएको छ ।
उत्तर कोरियाले मंगलबार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो ।
जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उपुगेको थियो । उसले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना समेत बनाएको चेतावनी दिएको थियो । गुआम दक्षिण-पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ ।