१ चैत्र ०७४, सुर्खेत । चिङगाड गाउँपालिका-६ मा बिर्खममा ट्रक दुर्घटना भएको छ ।
बिहीबार बिर्खमबाट वीरेन्द्रनगरतर्फ जडिबुटी ल्याएर आउँदै गरेको ना६ख ४६२१ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक दैलेख गुराँस गाउँपालिका-५ का गणेश चन्द गम्भीर घाइते भएका छन् भने धनबहादुर बुढा र वडा नं. ७ का कर्णबहादुर थापा सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कविराम सेन्चुरीले जानकारी दिए ।
घाइतेहरूको देउती अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।













