सुर्खेतमा बस दुर्घटना ३ को मृत्यु, २७ घाईते

११ भदौं ०७६, काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।

बुधबार जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस रत्न राजमार्गअन्तर्गत भेरीगंगा नरगपालिका–५ स्थित हर्रेमोडम दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनास्थलमै एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ भने २७ घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ ।

बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

तपाइको मत