
तस्बिर : युएन भियना
२४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदीलाई संयुक्त राष्ट्रसंघीय कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार परराष्ट्र मन्त्रालयका सहसचिव सुवेदीलाई राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरेकी हुन् ।

यसैगरी सरकारले नेपाल वार एशोसिएसनका पूर्व महासचिव समेत रहेका रमन कुमार श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।













