अन्नपूर्ण केसी/भक्तपुर । लामो समयदेखि पर्यटकहरु नगरकोटमा सूर्यस्तम्भको अद्भुत र मनमोहक दृश्य हेर्न पुग्ने गरेको पाइन्छ । सूर्योदयकारुपमा प्रसिद्ध नगरकोटले मनमोहक सूर्यास्तको लागि पनि उत्तिकै स्थान प्राप्त गरिरहेको छ ।
दुई हजार १ सय ७५ मिटरभन्दा बढीको उचाइमा अवस्थित, काठमाडौँबाट केबल ३५ किलोमिटर र भक्तपुरबाट २० किलोमिटर टाढा रहेको नगरकोट प्रकृति प्रेमिहरू र शान्ति खोज्ने यात्रुहरूका लागि शीर्ष गन्तव्य बनेको छ ।
“नगरकोट सूर्योदयको लागि मात्र होइन; यसको सूर्यास्त दृश्यहरू पनि उत्तिकै शानदार छन् । पर्यटकहरूले सगरमाथासहित हिमालयको मनोरम दृश्यको आनन्द लिँदै सुन्तला र गुलाबी रंगमा रंगिएको आकाश देख्न सक्छन्,” नगरकोटको रिसोर्ट फङ्की हिल इनका निर्देशक कृष्णभक्त दुवालले भने, “चिसो हावापानी, रमणीय परिदृश्य र सजिलो पहुँचका कारण नगरकोटले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै आगन्तुकहरूलाई आकर्षित गर्न जारी राखेको छ ।”