सेती अञ्चलमा स्मार्ट लाइसेन्स वितरण सुरु

२२ भदौ ०७४, कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ ।

धनगढी उपमहानगरपालिका – ४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यातायात कार्यालयका प्रमुख कृष्ण भुसालले विद्युतीय प्रविधिको लाइसेन्स वितरण कार्य सुरु गरेका हुन् ।

कार्यालय प्रमुख भुसालले नयाँ प्रविधिबाट गरिने लाइसेन्स वितरणले एकरुपता, सुरक्षित, व्यवस्थित, भरपर्दो साथै विश्वसनीय हुने बताए ।

उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरुपयोग गर्ने सम्भावना कम हुने बताए ।

प्रमुख भुसालले हाल नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने जानकारी दिए ।

तपाइको मत