२६ असार ०७७, काठमाडौं । नेपाली सेनाका प्रमुखले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई दिएका छन् ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले हालै नियुक्त प्रहरीका आईजीपी थापालाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई दिएका हुन् ।
प्रधानसेनापति थापाले आईजीपी थापालाई बधाई तथा शुभकामना दिएपछि दुई संगठन बीच सुरक्षाका विषयमा आपसी सहकार्य र समन्वयबारे छलफल समेत भएको थियो ।













