२३ पुस ०७४, काठमाडौं । सरकारले सोमबार प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने तयारी गरेको बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको पनि स्पष्ट पारे ।
मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्ने नमिल्ने दावी गर्दै संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको प्रष्ट्याए ।
मन्त्री थापाले राजनीतिक सहमतिको आधारमा प्रदेशसभाको अस्थायी मुकाम तोक्न भने सरकार तयार रहेको पनि स्पष्ट पारे ।













