३ साउन ०७४, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।
स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गर्न आयोगको बैठक बसिरहेको छ । आयोगका एक अधिकारीले भने, ‘स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्ने गृहकार्यमा छौं । निर्णय भइसकेको छैन ।’
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन हुन लागेको जानकारी दिएका छन् । पार्टीको बैठकमा उनले निर्वाचन आयोगले यो निर्णय गर्न लागेको जानकारी गराए ।
निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको छ । तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय (सदरमुकाम) जानु पर्ने बाध्यता थियो । यो व्यवहारिक नभएको भन्दै प्रमुख दलहरुले स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।