स्थानीय तह निर्वाचनमा माओवादीइतरका दल गठबन्धनप्रति इमान्दार देखिएन -प्रचण्ड

१९ असार ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गत स्थानीय तह निर्वाचनमा माओवादीइतरका दल गठबन्धनप्रति इमान्दार नदेखिएको बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा गठबन्धन बन्न नदिने, आफू कमजोर भएको ठाउँमा गठबन्धन कायम गर्ने साथै कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने नीति अपनाएको देखियो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गर्यो भने जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छा देखाए ।’