स्थानीय तह निर्वाचन -२०७९ : मतदाता बिहानैदेखि लाइनमा

३० बैशाख ०७९, तनहुँ । आज स्थानीय तह निर्वाचन – २०७९ : मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन् ।

मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु तोकिएको समय अघिनै लाइन लागेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका २, जामुनेस्थित श्री राधा मावि मतदान केन्द्रमा मतदाताहरु मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ ।

बिहानै मतदान गरेर नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।

श्री राधा मावि मतदान केन्द्रमा क, ख र ग गरी ३ वटा बुथ रहेका छन् । यस केन्द्रमा कूल २ हजार ८५१ मतदाता छन् ।

भिडियो :