१४ भदौ ०७७, स्याङ्जा । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ चापाकोट सडकखण्डमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चापाकोटबाट बिरामी काठमाडौँ पु¥याएर फर्कने क्रममा एम्बुलेन्स सडकबाट करिब २५० मिटर तल खसेर भएको दुर्घटनामा २ जनाको मृत्यु र अन्य दुई गम्भीर घाइते भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर-१० का २५ वर्षीय श्याम पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताए ।
उक्त दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोखरेल गम्भीर घाइते रहेकाले थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी अधिकारीले बताए ।
प्रहरीले सो दुर्घटना के कसरी भयो भन्ने अनुसन्धान गरिरहेका जनाएको छ ।