स्वच्छ तथा मनोरम वातावरण जीवनको पर्याय – राष्ट्रपति विद्यादेवी भण्डारी

२२ जेठ ०७४, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवर्दन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन ।

राष्ट्रपति भण्डारीले भनिन , ‘जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिङ्गो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ सङ्कल्प गरी त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन ।

तपाइको मत