स्वयम्भुबाट हराएका बुद्ध थिङ विजेश्वरीमा भेटिए

१९ फागुन ०७४, काठमाडौं । स्वयम्भुबाट हराएका ललितपुरको भट्टेडाँडाका बुद्ध थिङ विजेश्वरीमा भेटिएका छन् ।

शुक्रबार साँझ साथीभाइबाट छलिएर अलपत्र परेका थिङलाई विजेश्वरीकै सन्नी गुरुङले फेला पारेका हुन् । उनलाई साँझ गुरुङले फेला पारेर आफ्नो घरमा लगेर राखेकी थिइन् ।

भट्टेडाँडा आधारभुत विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिङ स्कुलका साथी र शिक्षकसँगै स्वयम्भूको शिखरबाट तल ओर्लने क्रममा छलिएर हराएका थिए ।

शुक्रबार विहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, शिक्षक र कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थीसहित ५९ जनाको टोली स्वयम्भु क्षेत्रमा शैक्षिक भ्रमणमा निस्किएका थिए ।

उनलाई शनिबार स्वयम्भू प्रहरीको रोहबरमा विद्यालयलाई बुझाइएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेले बताए ।

तपाइको मत