स्ववियु निर्वाचन आगामी फागुन १८ गते हुने

काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले स्वतन्त्र बिद्यार्थी युनियन ‘स्ववियु’काे निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ ।

बिहीबार साँझ त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच भएको सहमतिअनुसार आगामी फागुन १८ गते ‘स्ववियु’काे निर्वाचन गर्न शुक्रबार त्रिवि कार्यकारी परिषदको बैठकले एक साता लामो कार्यतालिका सार्वजनिक गरेको हाे ।

यसअघि स्ववियुकाे निर्वाचन फागुन १४ गते निर्धारण गरिएको थियो ।

नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ ।

फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । १५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

परिषदको बैठकले आगामी फागुन १८ गते ‘स्ववियु’ निर्वाचनको समय ताेक्न क्याम्पसहरूलार्इ नै दिइएकाे छ ।

student

तपाइको मत