स्वास्थ्यमन्त्रीकाे सम्पति ८ लाख मौजाद र अत्यावश्यक फर्निचर मात्रै

२३ भदौ ०७४, काठमाडौ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा अचल सम्पति नरहेको जनाएका छन् ।

आज सम्पति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले व्यक्तिगत नाममा अचल सम्पति नरहेको उल्लेख गरेका हुन् ।

मन्त्री पोखरेलले अाफूसँग केेेेही बैंक मौजाद तथा सञ्चार सामाग्री साथै अत्यावश्यक फर्निचरहरु मात्रै रहेको बताएका छन् ।

मन्त्री पोखरेलले शुक्रबार प्रधानमन्त्री कार्यालयमा आफ्नो सम्पति विवरण बुझाएका छन् ।

स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गरेकाे सम्पत्ति विवरण अनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा रहेकाे छ ।

यस्तै नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ ।

उक्त रकमको प्राप्तिको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो ।

मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ ।

उक्त जग्गा मध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ ।

यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँचहजार रुपैया शेयर रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

यसैगरी मन्त्री पोखगरसँग दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कअप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन् ।

तपाइको मत