स्वास्थ्य मन्त्रालयलाई कोरोना परीक्षणको दायरा बढाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

सोम बहादुर तामाङ्ग/ १ जेठ ०७७, काठमाडौं । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मन्त्रालयलाई कोरोना परीक्षणको दायरा बनाउन, प्रदेश सरकार, स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिकी सभापति जयपुरी घर्तीको सभापतित्वमा बिहीबार बसेको बैठकले कोरोना उपचारमा अग्रभागमा खट्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन आवश्यक रहेको निष्कर्षसहित परीक्षणको दायरा बनाउन निर्देशन दिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवकलाई गुणस्तरीय पिपिई लगायतका सामाग्री उपलव्ध गराउनु पर्ने भन्दै समितिले कोरोना संक्रमणबाट बच्न नागरिकहरुलाई सर्वसुलभ ढंगले माक्स, स्यानीटाईजर उपलव्ध हुने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

यस्तै आवश्यक स्वास्थ्य सामाग्रीहरु (पिसिआर, पिपिई, माक्स, थरमलगन लगायत), स्वाथ्य उपकरण, औषधी र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशिघ्र गर्नु पर्ने भन्दै समितिले आईसोलेसन वेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्न, संक्रमित व्यक्तिसँगको कन्ट्रयाक्ट ट्रेसिंगलाई जोड दिन र अन्य बिरामीहरुले प्रयोग गर्ने औषधीमा अभाव हुन नदिन समेत निर्देशन गरेको छ ।

यसैगरी बैठकले भारत लगायत विदेशमा रहेका मजदुर, विद्यार्थी र नागरिकलाई नेपाल ल्याउन र आवश्यक चेकजाँच, क्वारेन्टीन र आईसोलेसनसहित आवश्यक व्यवस्था गर्न साथै स्वदेशमै दैनिकी कष्टकर भएकालाई स्थानीय सरकार र सरोकारवालासँगको समन्वयमा उचित व्यवस्था गर्न सुझाइएको छ ।

यस्तै जनस्वास्थ्यलाई केन्दमा राखेर आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउन समेत जोड दिइएको छ ।

निर्देशनको पूर्णपाठ :