१९ फागुन ०७४, काठमाडौं । हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।
विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।
पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले ७५ हजार आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएको बताए । उनले त्यति नै मानिस पास नलिई प्रवेश गरेकाले करिव डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका बताए ।
यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।
विश्व किर्तिमानी परिषद नेपालले गर्न लागेको कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।