१० बैशाख ०७५, काठमाडौं । १९ वर्ष पहिले हत्याको आरोपमा फरार मेराज अलि बेहनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१६ बाट पक्राउ परेका अलि बेहनालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
२०५५ असोज २८ गते बेहना लगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावली प्रसाद बर्माको हत्या गरेर फरार रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
बाँके कोहलपुर नगरपालिका-५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि बेपत्ता छन् । वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्किएका छैन । जग्गाका कारोबारी पौडेलको परिवारले खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ ।
परिवारको तर्फबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उनका सम्धी पूर्णप्रसाद लम्सालले बताए ।













