२१ असार, सर्लाही । सर्लाहीको हरिवनमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । हरिवनमा रहेको सुकुम्वासी वस्तीमा भएको झडपमा गोली चलेको छ ।
मंगलबार बिहान सुकुम्वासी वस्ती उठाउन गएको प्रहरीलाई स्थानीयवासीले अवरोध गर्दा प्रहरीले बल प्रयोग गरेको र सो क्रममा झडप भएको बताइएको छ ।
नेपाल प्रहरीको टोलीलाई स्थानीयवासीले अवरोध पुर्याएपछि सशस्त्र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको थियो । अहिले पनि झडप जारी रहेको स्थानीयवासीले बताएका छन् । झडपमा परेर स्थानीयवासी घाइते भएका छन् । तर, घटनाको एकिन विवरण भने आइसकेको छैन ।