हवाई उडान जेठ २ गतेसम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने

१३ बैशाख ०७७, काठमाडौं । कोरोना रोकथाम उच्च स्तरीय समितीको बैठकले लकडाउनलाई निरन्तरता दिने, नदिने विषय भोलिको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताएको छ ।

शनिबार बसेको समितिको बैठकले कोरानो रोकथाममा भएका कार्यहरु प्रभावकारी रुपमा अघि बढेको निष्कर्ष निकाल्दै लकडाउन निरन्तरता दिने, नदिने विषय मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने समितिका सदस्य नारायण विडारीले जानकारी दिए ।

सदस्य विडारीले अप्रिल ३० सम्म रोकिएको हवाई उडानलाई जेठ २ गतेसम्म पु-याउने प्रस्ताव लैजाने निर्णय भएको पनि बताए ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा कोरोना रोकथाममा सक्रिय मन्त्रालयका मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।

चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन आज एक महिना दुई दिन पूरा भएको छ ।