१२ भदौ, अर्घाखाँची । सन्धिखर्कबाट प्युठानको बादीकोट तर्फ जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलकाअनुसार दुर्घटनामा ज्यान जाने ११ जनाको नामावली यसप्रकार छ ।
नाम ठेगाना
कमला पौडेल (३६ वर्षे) अर्घाखाँची धारपानी–६
रामबहादुर घर्ती हंसपुर – ५
मिन बहादुर केसी हंसपुर – ५
चेतबहादुर थापा हंसपुर – १
गाडी धनी नारायण राना किमडाँडाँ
सिता नेपाली सन्धिखर्क – २
हुमबहादुर घम हंसपुर – २
शिप बहादुर कुमाल गुल्मी पुर्कोटदह
भेस बहादुर थापा गुल्मी पुर्कोटदह
बुद्धिराम परियार गुल्मी पुर्कोटदह
शोभा सिंह रोका मगर बांगेमरोठका
दुर्घटनाका घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइेतहरु जिवलाल पोख्रेल, अनुज, एकता कुँवर, सुरेश खनाललाई थप उपचारका लागि बुटवल पठाइएको छ ।













