२३ असार ०७८, काठमाडौं । हाइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या भएको छ ।
५३ वर्षीय राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा भएको आक्रमणमा ज्यान गएको हाइटीका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।
पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन् ।
आक्रमणमा प्रथम महिला पनि घाइते भएको जनाइएको छ ।
अन्तरिम प्रधानमन्त्री जोजेफले “राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन् ।
राष्ट्रपति मोइजले सन् २०१७ को फेब्रुअरीदेखि सत्ता सम्हालेका थिए ।
बीबीसी