हामीलाई भुकम्प प्रतिरोधी घर चाहिएको छ – रेवती सापकोटा

१३ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भुकम्प पीडितलाई २ लाख रुपैयाँ एकमुष्ट दिनु पर्दछ भनी राखेको अडानले सोमबार पनि संसद बैठक अवरुद्ध भएको छ ।

नेपाली काँग्रेसले २०७२ बैशाख १२ र २९ गते भुकम्प गएको बेला आफ्नै पार्टीको प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत थियो भन्ने समेत भुलेको देखिन्छ ।

सदनमा प्रमुख प्रतिपक्षी दलले लिएको अडानले संसदीय व्यवस्थाको धज्जी उडाएको छ भने उसले आगामी चुनावमा भुकम्प पीडितको मत लिने कोशिस गरिएको भन्दै भुकम्प पीडितहरुबाटै सामाजिक सञ्जालहरुमा समेत विरोधका स्वरहरु आउन थालिसकेको छ ।

काभ्रेका भुकम्प पीडित अशोक मैनाली सामाजिक सञ्जालमा यसरी लेखेका छन् : 

अशोक मैनाली

अशोक मैनाली

प्रचण्ड भन्छन् भूकम्प पीडितलाई ३ लाख दिनुपर्छ, कांग्रेस भन्छ तत्काल एकमुष्ठ २ लाख दिनुपर्छ । तत्कालिन अर्थमन्त्री रामशरण महतले एकमुष्ठ दिन सकिदैन भन्थे । अनि प्रधानमन्त्री ओली जेठ-असारमा ‘भूकम्प पीडित’ भूकम्प प्रतिरोधी घरमा बस्छन् भनेर भाषण ठोक्थे ।

तर, खोई त असारे झरीमा भूकम्प पीडितले बस्ने बास पाएका छैनन् । सरकारकै आश्वासन पत्याएर भूकम्प पीडितले न आफैं घर बनाए न सरकारले बनाईदियो ।

म पनि भूकम्प पीडित नै हुँ तर यी प्रमुख दलहरूले भूकम्प पीडितको पीडामा मजाक गरे झैं लाग्छ । भित्र -भित्रै कार्यकर्तालाई रकम बाँड्ने बाहिर -बाहिर भूकम्प पीडितको पीडामा गोहीको आशुँ झार्ने ! क्या गज्वव छ है राजनीति !

यसैगरी एस.बी.थापा मगरले सामाजिक सञ्जाल फेसबुकमा ‘नेपाली काँंग्रेस र ४ दिनदेखि अवरुद्ध सदन बारे’ यसरी लेखेका छन् : 

एस.बी.थापा मगर

एस.बी.थापा मगर

राष्ट्रियता, जनतन्त्र, जनजिविकाका सवाल उठाउनु पर्ने बेला साथै भ्रष्टाचारी, कालोबजारीया, तस्कर र दलालहरुको विरुद्ध कडा विद्येयक ल्याउनु पर्ने बेला आगामी चुनावका लागि भोटको राजनीति गर्दैछ, नेपाली काँंग्रेस । संसदीय व्यवस्थाको विकृत रुप प्रदर्शन गर्दैछ, नेपाली काँंग्रेस ।

त्यो पनि भुकम्प पीडितको नाममा जुन २ लाख रुपैयाँ सरकारले दिने पक्का पक्की रकम नै हो । तर, काँग्रेसको टाउको दुख्नुको कारण : ‘सरकारले २ लाख रुपैयाँ किस्तामा दिन लाग्यो रे !’

किस्तामा दिए पनि, एकमुष्ट दिए पनि आखिर भुकम्प पीडितले पाउने रकम २ लाख रुपैयाँ पक्का छ ।

रुन्चे स्वरमा सदन अवरुद्ध गर्नु पर्ने कारण के छ ? नेपाली काँंग्रेस : सक्छौ भने शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा यतिबेला भएका ब्रह्मलुटविरुद्ध सदन अवरुद्ध गर, कडा कानुन बनाएर कारवाही गरेर देखाउ । तिमीलाई म भुकम्प पीडितको साथ रहनेछ ।

यसैगरी रेवती सापकोटा लेख्छन्  :

रेवती सापकोटा

रेवती सापकोटा

भुकम्पले थिलथिलो बनाएको जमिनमा आधा पेट र आधा निन्द्रामा रहेका पीडित माथि राजनीति नगर । तिम्रो राजनीति स्थानीय चुनावमा केन्द्रित रहेको हामीले बुझेका छौ । हावा हुरीले भत्किएका पीडितका छाप्रा उठाउन स्वंयमसेवक परिचालन गर्न नसक्नेहरुले अहिले पीडितका रगत पसिना र आँसुले संसद अवरोध गर्न घच्घच्याएको भन्न सुहाउँदैन कि ?

सक्छौ भने, एकमुष्ट पाँच लाख रुपैया लिएर गाउँमा आफना कार्यकर्तालाई वास्तविक स्वंयमसेवकका रुपमा परिचालित गरी छाप्रो मुनि रहेकाहरुलाई छानामुनि ल्याउने राजनीति गर । गाउँमा गुमेको बिश्वास आर्जन गर्ने गरी जनताका पक्षमा काम गरेर देखाऊ न ! तिम्रो भोट कसैले तान्नै सक्दैन नी । तिम्रो राजनीति हामीलाई चाहिएको छैन, हामीलाई भुकम्प प्रतिरोधी घर चाहिएको छ ।

तपाइको मत