
‘जहिलेसुकै पनि भारतले नै नेपालको परिवर्तन गरिदिएको भनाइ सुनिन्छ । राणा पनि भारतले हटाइदियो भन्थे, ०४६ साल र ०६३ सालमा पनि त्यही भयो । माओवादीलाई गद्धीमा पुर्याउने माधव, बाबुराम सबैलाई सरकारमा लैजाने पनि भारतै भन्छन् । तर मधेशीले त सधैं दुवैतिरबाट लात खाइरहेको छ ।’ मधेशी मोर्चाका प्रमुख नेता उपेन्द्र यादबले निकै निराशा व्यक्त गर्दै आफूहरुको सहयोगी कोही नभएको गुनासो गरे ।
कार्यक्रम आउटलुकका लागि लामो कुरा गर्दै यादबले नाकावन्दी यति लामो समय गर्नु पर्ला भन्ने अनुमान नै नगरेको बताए । आफूहरुका अगाडि कि लडिरहने कि लत्रने बाहेक त के विकल्प छ र ? भन्दै सकेसम्म साझा निकासका लागि प्रयत्न गरिहेको दावी गरे । एबीसी आउटलुक/टुडेखबरबाट ।