१ मंसिर ०७६, काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।
अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई ३६ लाख नेपाली रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइलसहित पक्राउ गरेको जानकारी गराएको छ ।
थप अनुसन्धानका लागि प्रसादलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।













