हुम्लाको घटनाप्रति पत्रकार संठगनहरुद्वारा आपत्ति व्यक्त

२६ जेठ ०७४, हुम्ला । सामुदायिक रेडियो प्रशारक संघ, प्रदेश नम्बर ६ ले ‘रेडियो कर्णाली आवाज ९२.२ मेगाहर्ज’मा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी अकोरावको प्रदेश नम्बर ६ ले हुम्ला जिल्लामा रहेको सामुदायिक रेडियो ‘रेडियो कर्णाली आवाज ९२.२ मेगाहर्ज’मा भएको तोडफोड र रेडियोको मुख्य प्राविधिक तथा पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरा माथि भएको आक्रमणको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
बिहीबार राती ९ बजे तिर स्थानीय मानसरोबर माद्यामिक बिद्यालयका केही शिक्षकहरुले मदिरा सेवन गरी रेडियोमा प्रबेश गरेर रेडियो तोडफोड गर्नुका साथै पत्रकार माथि आक्रमण गरेका थिए ।
‘आक्रमणबाट रेडियोको समाचार कक्षका कम्प्यूटर, टेलिफोन, फ्याक्स, प्रिन्ट लगायतका सामाग्रीहरुमा तोडफोड भएका छन्, सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ६ का अध्यक्ष रमेश कुमार गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो घटनाको संघ घोर भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउदैँ आएको स्वतन्त्र रेडियो तोडफोड र पत्रकार माथिको आक्रमण निन्दनीय भएको जनाइएको छ ।
‘समाचार प्रशारण लगायतका बिषयमा चित्त नबुझे कानुन अनुसार अगाडि बढ्ने बाटो हुदाँ हुँदै आक्रमण र तोडफोडमा उत्रर्नु लोकतन्त्र र स्वतन्त्र प्रेसमाथिकै आक्रमण हो’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार र सञ्चार माध्यममाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनको दायरामा ल्याई कडा कारबाही प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौँ ।’
प्रेस सेन्टर नेपालद्वारा घटनाको घोर भत्र्सना:
यसैगरी प्रेस सेन्टर नेपालले पनि एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गरेको छ ।
प्रेस सेन्टर, नेपालका महासचिव विष्णु सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानसरोवर मावि, हुम्लाका प्रधानाध्यापक अमरबहादुर शाहीलगायतका शिक्षकहरुले प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघका हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरामाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासचिव सापकोटाले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हक अधिकारको लागि निरन्तर प्रेस स्वतन्त्रता विरोधी गतिविधिका विरुद्ध सबै पक्षलाई एकजुट हुन अपील समेत गरेका छन् ।

तपाइको मत