३ साउन ०७७, काठमाडौं । होटल संघ नेपाल र यस क्षेत्रमा क्रियाशील मजदुर युनियनले श्रमिकका सवालमा सामुहिक सम्झौता गरेर नमूना पेश गरेका छन् ।
विभिन्न औधोगिक प्रतिष्ठानहरुले श्रमिक कटौती र निश्कासन गरिरहेको साथै सरकारका विभिन्न निकायमा कार्यरत अस्थायी, करार, ज्यालादारी श्रमिकहरु निश्कासनमा परिरहेकै अवस्थामा होटल संघ नेपाल र यस क्षेत्रमा क्रियाशील मजदुर युनियनले सामुहिक सम्झौता गरेर नमुना पेश गरेका हुन् ।
असार २८ गते होटल संघ नेपालको तर्फबाट अध्यक्ष सृजना राणा लगायतका पदाधिकारी र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूँरा मजदुर संघ (अनेहोक्या तथा रेम संघ) का अध्यक्ष माधव पाण्डे, नेस्वहोमयु साथै नेप तथा होसश्र संघका अध्यक्ष लगायतले सहमति पत्रमा हस्ताक्षर गरेर श्रमिकको रोजगारी साथै पारिश्रमिक ग्यारेण्टी गरेका हुन् ।
नेपाल सरकारले कोभिड–१९ को कारण ०७६ चैत्र ११ देखि पूर्णरूपमा बन्दाबन्दी गरेसँगै होटल व्यवसाय समेत पूर्णरूपमा बन्द भई धरासायी हुनगएको अवस्थामा व्यवसायीहरुले आफना कामदार कर्मचारीलाई रोजगारी र भोकबाट जोगाउन ट्रेड युनियनसँग ६ बुँदे सम्झौता गरेका हुन् ।
अनेहोक्या तथा रेम संघका अध्यक्ष माधव पाण्डेले मजदुरहरु कटौती तथा निश्कासन रोक्न संगठनले होटल संघ नेपालसँग ३१ डिसेम्बर २०२० सम्मका लागि सम्झौता गरेको जानकारी दिए ।
“सम्झौता अप्रिल १३ देखि २०२० देखि ३१ डिसेम्बरसम्म लागू हुनेछ,” मजदुरको पारिश्रमिकका सवालमा अध्यक्ष पाण्डेले भने, “डिलक्स पाँचतारे (दुईसय भन्दामाथि कोठा भएको होटल तथा सोहीस्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० दश हजार रुपैयाँ रकम उपलब्ध गराउने गरी सहमति भएको छ ।”
यस्तै दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार, सय कोठाभन्दा बढी भएको चारतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार, तीनतारे होटल तथा रिसोर्टमा कार्यरत प्रत्येक श्रमिकहरुलाई मासिक ५ हजार, दुईतारेमा कार्यरतलाई ४ हजार ३ सय साथै एकतारे र पर्यटकस्तरीय होटल तथा रिर्सोटहरुले आपसी सहमतिमा पारिश्रमिक उपलब्ध गराउने सहमति भएको उनले बताए ।
अध्यक्ष पाण्डेले चक्रीय प्रणालीअनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक कर्मचारीहरुलाई साविकअनुसार व्यवस्थापनले पारिश्रमिक भुक्तान गर्ने बताए ।
सामुहिक सम्झौताको पूर्णपाठ :