विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई अवार्ड प्रदान गरिने

१२ पुस ०७५, राजविराज । विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका १०० जनालाई ‘मधेश नायक’(हिरोजअफ मधेश) अवार्डबाट सम्मानित गरिने भएको छ ।

नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवम मधेशवादका प्रनेता समेत भनिने स्व. गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधि स्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो ।

मधेशको अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनकै समाधि स्थलमा आएर कार्यक्रमको घोषणा गरिएको कार्यक्रका संयोजक तथा मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले बताए ।

अवार्ड कार्यक्रममा सहभागी हुन देश, विदेशमा रहेर मधेश र राष्ट्रका लागि योगदान पु¥याउने व्यक्तित्वहरुले पुस मसान्तभित्र आवेदन दिनु पर्नेछ । अवार्डका लागि आवेदकहरुबाट प्राप्त डकुमेन्ट, स्थलगत अध्ययन तथा सर्वसाधारणबाट भोटिङ्ग लगायतका प्रक्रियाको आधारमा आवार्ड विजेताको चयन गरिने संयोजक सिंहको भनाई छ ।

भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, समाजसेवा लगायतका १० विद्यामा आवार्ड प्रदान गरिने छ ।

अवार्ड विजेताहरुको नाम माघको अन्तिम साता सार्वजनिक गरी, एक समारोहकाबीच सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए । अवार्डको सह- आयोजकमा चर्चा अनलाईन प्रा.लि. रहेको छ ।

तपाइको मत