३० भदौ ०७४, काठमाडौं । विदेशी खेलाडीको समेत सहभागिता रहने ११ औं काठमाडौं म्याराथनको तयारी पुरा भएको छ ।
भोलि हुने प्रतियोगितामा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी खुला तथा स्कुलका विद्यार्थी, ह्वील चियरमा महिला र पुरुष दुबै समावेश हुनेछन् ।
रंगशालाबाट सुरु भएर रंगशाला नै आइपुग्नुपर्नेछ । म्याराथनको रुट काठमाडौं, भक्तपुर र ललितपुर प्रवेश गर्नेछ । विजेताले एक लाख रुपैयाँ पाउनेछन् ।













