निर्मलाको न्याय माग्दै माइतीघरमा प्रदर्शन

१५ मंसिर ०७५, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

गत साउन ११ गते बलात्कार गरी हत्या गरिएकी बालिका पन्तका अपराधी अझै पक्राउ गर्न नसकेको र दण्डीहिनता मौलाउँदै गएको भन्दै शनिबार ‘जस्टिस फर निर्मला’ अभियानको अगुवाइमा युृवाहरुले मण्डलामा स्वस्फूर्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले ’सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोस्टर बोकेका थिए भने हत्यामा संलग्नलाई कारबाही गर्ने दवाव दिने खालका अन्य प्लेकार्ड पनि बोकेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्रीविरुद्ध चर्को नाराबानी गर्दै राजीनामासमेत माग गरेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

तपाइको मत