३१ बैशाख ०७४, काठमाडौं । आज ३४ जिल्लामा स्थानीय तह चयनका लागि मतदान भइरहेको छ ।
बिहान ७ बजेदेखि सुरू भएकाे मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।
४९ लाख ५६ हजार ९ सय २५ मतदाताहरुले ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट आफूले चाहेको उम्मेदवारलाई मत दिँदैछन् ।
१३ हजार ५६५ पदका लागि करिब ५० हजार उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन ।