१५औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

११ बैशाख ०७८, काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी १५औं लोकतन्त्र दिवस देशभर मनाइएकाे छ ।

दशवर्षे जनयुद्धको जगमा भएकाे १९ दिने जनआन्दोलनमार्फत् जनताले संविधानसभाबाट आफ्नो संविधान आफैँ बनाएकाे स्मरण गर्दै लोकतन्त्र दिवस देशभर मनाइएकाे हाे ।

निरंकुश जहानियाँ शासन अन्त्यका लागि तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)को संयुक्त आह्वानमा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको थियोे ।

वि.सं. २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनमार्फत् प्राप्त भएको थियोे । भने, संविधानसभामार्फत् २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियोे ।