२९ असार ०७६,काठमाडौं । २०६ औं भानु जयन्तीको अवसरमा विश्वभर नेपाली भाषीहरुले बिभिन्न कार्यक्रम आयोजना गरेर भानुभक्त आचार्यलाई सम्झिरहेका छन् ।
आइतबार जन्म जयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा काठमाडौंमा प्रभातफेरी नगर परिक्रमा एवम् राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहण गरिएको छ ।
प्रभातफेरी एव् रथारोहण प्रज्ञा भवनबाट सुरु भइ पुतली सडक, बागबजार, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेको थियो । प्रज्ञाभवनका आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दनसमेत गरिएको थियो ।













