२९ असार ०७७, तनहुँ । कोरोना भाइरस (कोसभड–१९)को बीच २०७औँ भानु जन्मजयन्ती मनाइएको छ ।
आज सोमबार यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौंको प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा भानुभक्तको योगदानबारे चर्चा गरेका थिए ।
यस्तै कार्यक्रममा भाषा, विचारका साथै संस्कृतिको संवाहकका रुपमा लिइने नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यकोे भाषा साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकताबारे समेत चर्चा भएको थियो ।
धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भानुभक्त आचार्यको जन्म भएको थियो ।
बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका भानुभक्तले एकजना घाँसीले घाँस काटेर कुवा बनाउने इच्छाबाट प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
भानुभक्त नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । उनले प्रश्नोत्तर (वि.सं.१९१०), भक्तमाला (वि.सं.१९१०), वधूशिक्षा (वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् ।
मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।