१९ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद् सचिवालयले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ २२औं विश्व आदिवासी दिवसका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा २२औं विश्व आदिवासी दिवस मूल आयोजक समिति–२०७३ का संयोजक नगेन्द्रकुमार कुमालले नयाँ संविधानलाई सम्पूर्ण आदिवासी जनजातिको स्वामित्व ग्रहण गराउन आदिवासी जनजातिहरुसँग भएका सहमति सम्झौताको कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
यसैगरी, उहाँले राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको कार्यान्वयन, आदिवासी जनजाति आयोगलाई अधिकारसम्पन्न संवैधानिक आयोगका रुपमा स्थापित गर्नुपर्ने र संविधान जारी गर्नेक्रममा भएका प्रतिबद्धताअनुसार संविधान संशोधनमार्फत कार्यान्वयन गर्नु
संयोजक कुमालले साउन २० देखि २९ गतेसम्म विभिन्न छलफल, अन्तरक्रिया कार्यक्रम गरिने बताए ।













