२३ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइने

१८ साउन ०७४, काठमाडौं । नेपालमा साउन २५  गते भव्यताका साथ २३ औं विश्व आदिवासी दिवस  मनाउने भएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले  साउन २५  गते नेपाल आदिवासी जनजाति महासंघले २३ औं विश्व आदिवासी दिवस भव्यतामा साथ मनाउन भव्य कार्यक्रम आयोजना गरेको जानकारी गराएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालका आदिवासी जनजातिहरुको अधिकार, प्रतिनिधित्व र स्वशासनलाई यस वर्षको मूल नारा बनाइएको पनि स्पष्ट पार्दै, आदिवासी जनजाति दिवसलाई सरकारी स्तरबाटै मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण गराइएको जानकारी दिए ।

हरेक वर्ष अगष्ट ९ मा संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ । यस वर्षको आदिवासी जनजाति दिवस महासंघले  देशभित्र र बाहिर  विभिन्न कार्यक्रम गरी मनाउन तयारी गरेको छ ।

 

तपाइको मत