११ फागुन ०७४, काठमाडौं । सरकारले हाल कायम रहेको ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।
वातावरण मन्त्री लालबाबु पण्डितले ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय कायम भएसँगै मन्त्रिमण्डल १८ सदस्यीय रहने बताए । संविधानमा नै बढीमा २५ वटा मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ ।
यस्तै आजको बैठकले प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष रिमालले ओलीको अघिल्लो कार्यकालमासमेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।













