३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदै

५ कार्तिक ०७४, काठमाडौं । पहिलो चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ ।

एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको छ ।

एमाले-माओवादी केन्द्रको चुनावी तालमेलअनुसार ७४ सीटमध्ये माओवादीले ३३ पाएको छ भने एमालेले ४१ सीट पाएको छ ।

माओवादी केन्द्रका उम्मेदवारहरुको सूची

१.ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (क) विशाल खड्का
७. रसुवा (ख) इन्द्र गाैतम (जीतजंग)
८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा
१०. नुवाकोट-१ (क) राधिका तामाङ
११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा
१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ-२ (ख) जगत सिंखडा.
१४. गोरखा-१ (क) लेखबहादुर थापा
१५. गोरखा-२ (क) कमला नहर्की
१६. गोरखा-२ (ख) अमर तमु
१७. बाग्लुङ- १ (ख)
१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) महेन्द्रबहादुर शाही
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०.डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२. बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी

तपाइको मत