३० चैत्र ०७४, काठमाडौं । न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य ३३ किलो सुन प्रकरणमा पक्राउ परेका छन् ।
बिहीबार साझँ काठमाडौंबाट गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरेको हो ।
डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको दायरामा राखेको थियो ।
यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन् ।
गृह मन्त्रालयले छानविनका लागि सहसचिव ईश्वर पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।