
१८ मंसिर ०७४, काठमाडौं । मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै विद्यालय आजबाट बन्द भएका छन् ।
सरकारले निर्वाचन आयोगको आग्रहमा दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरुलाई मंसिर २१ गतेसम्म विदा दिइएको हो ।
अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ भने शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेकाले आयोगको आग्रहमा सरकारले विद्यालयमा विदा दिने निर्णय गरेको हो ।













